मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक हप्तामा ‘साम्बाला’ले कति कमायो ?

काठमाडौँ – चर्चामा रहेको प्रदर्शनरत फिल्म ‘साम्बाला’ले एक हप्तामा करिब डेढ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

गत शुक्रबारबाट रिलिज भएको चलचित्रले एक हप्तामा एक करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो । 

निर्देशक मिनबहादुर भामका अनुसार अहिले फिल्मको अकुपेन्सी उच्च देखिएको छ । रिलिजको पहिलो दुई दिनमा खासै व्यापार नगरेको यो फिल्म वर्ड अफ माउथ राम्रो हुँदै जाँदा अहिले राम्रो शो पाएको छ भने अकुपेन्सी समेत बढ्दै छ ।

फलतः दर्शकको सङ्ख्या पनि बढ्दै गएको छ ।  ‘साम्बाला’ करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण भएको फिल्म हो । 

९७ औँ अस्कर अवार्डमा सिफारिस भएको यो चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्यलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?