मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वाक्स कसरी गर्ने ?

शरीरमा भएको अनावश्यक रौँ हटाउने विधिलाई वाक्सिङ भनिन्छ। वाक्सिङले तपाईँको छालालाई प्राकृतिक रूपमा सुन्दर राख्न मदत गर्छ। 

खासगरी, हट र कोल्ड वाक्सिङ प्रचलनमा छ। पछिल्लो समय तताउन नपर्ने, तताउँदा पनि स्टिभ चाहिने, त्यसैबाट झिक्न मिल्ने र अहिलेचाहिँ नदुख्ने जेली टाइपको वैक्स पनि आएको छ।

वाक्स सफ्ट र हार्ड दुई किसिमको पाइन्छ । काखीको रौँहरू मुलायम हुने हुनाले यो भागको रौँहरूलाई हटाउने हो भने सफ्ट वाक्स लिनु पर्छ । यदि यौनाङ वरिपरिका रौँहरूलाई हटाउने हो भने हार्ड किसिमको लिनु पर्छ । किनकि यो भागका रौँहरू काखीको तुलनामा कडा हुने गर्छन् ।

कसरी गर्ने वाक्स
तयार भएको वाक्सलाई आफूले हटाउन चाहेको रौं रहेको भागको थोरै भागमा लामो हुने किसिमले लगाउने । 

यसरी लगाउदा वाक्सले छालालाई छुने गरेर लगाउनु पर्छ । यसरी लगाएको १०–१५ सेकेण्डमा वाक्सको छेउ पट्टिवाट कोट्याएर एकै पटक तान्ने । 

यसरी तान्दा केही दुखेपछि उक्त भागमा बेबी आयल वा मोश्चराईजर लगाउदा छालामा दानाहरू आउँदैन । यो कार्य बिस्तारै बिस्तारै गर्दै आफूले हटाउन चाहेको भागमा गर्दै जानुपर्छ ।


वाक्सिङ गरेपछि पिडा भएमा

वाक्सिङ गरेको भागमा धेरै नै पिडा भएमा टि ब्यागको पनि प्रयोग गर्न सकिन्छ । टि ब्यागलाई पानीमा उमाल्ने र त्यसलाई चिसो हुन दिने । चिसो भइसकेपछि वाक्स गरेको भागमा हल्का रगड्दा केही क्षणमै आराम हुन्छ ।

वाक्सिङ गरेर धेरै नै पिडा भएको छ भने वरफको टुक्रालाई कुनै सफा कपडाले बेरेर दुखेको भागमा हल्कासँग रगड्दा आराम हुन्छ ।

वाक्सिङ गरेर पिडा भएको अवस्थामा घ्युकुमारीको चोपले पनि राहत दिन्छ । यसलाई पनि प्रयोग गरेर जलनको पिडालाई कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?