मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिनावारीका बेला कस्तो खानेकुरा खाने ?

हरेक महिना महिलालाई महिनावारी हुनु सामान्य हो । प्राकृतिक रूपमै किशोर अवस्थापछि वयस्कसम्म महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ । महिनावारीको क्रममा महिलामा विभिन्न शारीरिक र मानसिक परिवर्तन हुने गर्दछ । 

महिनावारीका बेला खाने खानाले पनि अहम् भूमिका निर्वाह गर्ने हुनाले खाने कुराहरू चयन गर्दा ध्यान पुर्‍याउनु पर्दछ। यसबाट हुने दुखाइलाई कम गर्न आफ्नो डाइटमा केही कुराहरू समावेश गर्न सकिन्छ।

– महिनावारी हुँदा शरीरबाट रगत बग्ने गर्दछ। जसकारण शरीरमा आइरनको कमी हुने गर्छ। त्यसैले हरियो सागपातमा आइरनको मात्रा बढी भएको हुने हुँदा यो सेवन गर्नु उपयुक्त हुन्छ। त्यसै गरी ताजा फलफूलको सेवन गर्नु पनि फाइदाजनक मानिन्छ।

विशेष गरी केरा,भुईकटर, किवी आदि। यी फलफूलहरूमा भिटामिन, पोटासियम र फाइबरको मात्रा बढी हुनेभएकाले यसको सेवन गर्दा उपयुक्त हुन्छ।

 अण्डामा भिटामिन बी ६, भिटामिन ई, र भिटामिन डी र प्रोटिनको मात्रा बढी हुने हुँदा यसले महिनावारीबाट हुने दुखाइलाई सहन मद्दत गर्छ। त्यसैगरी कखुराको मासु र माछामा पनि प्रोटिनको मात्रा बढी हुँदा यो सेवन गर्दा फाइदाजनक हुन्छ।

– महिनावारीको बेला डार्क चकलेट खानु उपयुक्त रहेको पाइएको छ। डार्क चकलेटमा म्याग्नेसियम,कपर र फाइबरको मात्रा बढी हुन्छ जसको सेवन गर्दा दुखाइमा सहजता पुर्‍याउन मद्दत गर्दछ। अन्य खाने कुराहरू जस्तै बदाम, गेडागुडीहरू प्रशस्त मात्रामा खाँदा फाइदा हुने देखिन्छ। त्यसैगरी महिनावारी हुँदा खानै नहुने कुराहरू जस्तै दूध राखेको चिया, कफी, जङ्क फुड, रेड मिट, मदिरा आदि हुन्। सकेसम्म चिनीजन्य खाने कुराहरू पनि नखाएको राम्रो मानिन्छ। यसले शरीरमा झनै जटिलता बढाउने काम गर्दछ। महिनावारी हुँदा शरीरलाई अत्यन्तै भिटामिन युक्त खाने कुराको आवश्यकता पर्दछ। त्यसैले भिटामिन युक्त खाने कुराहरू मात्र खान उचित हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?