मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इत्तिफाकमाथि अल नासरको शानदार जित

काठमाडौँ – साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, सलेम अल नाजदी र टालिस्काले एक एक गोल गरेका थिए ।

यो यस सिजनमा अल नासरको दोस्रो जित हो । २ खेल बराबरी खेलेको अल नासरको ४ खेलमा ८ अङ्क भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यस्तै अल इत्तिफाकको भने यस सिजनमा यो पहिलो हार हो । ४ खेलमा इत्तिफाकको ९ अङ्क रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?