मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मधुमेहका बिरामीले कस्ता कुरामा ध्यान दिनुपर्छ ?

काठमाडौँ – मधुमेह एक गम्भीर जीवनशैली रोग हो। यदि तपाई यो रोगलाई नियन्त्रणमा राख्न चाहनुहुन्छ भने तपाई आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ आजको खराब जीवनशैलीका कारण युवाहरु पनि यो रोगको सिकार भइरहेका छन् ।

यदि तपाई टाइप-२ को शिकार हुनुहुन्छ भने, यो तपाईको शरीरमा धेरै सानातिना रोगहरूको घर बन्नेछ। र यसलाई समयमै नियन्त्रण गर्न नसक्दा यसले खतरनाक रुप पनि लिन सक्छ । रगतमा चिनीको मात्रा बढेपछि मधुमेहका बिरामीको आँखामा गम्भीर लक्षण देखापर्छ ।

मधुमेहका बिरामीहरू प्रायः मधुमेह रेटिनोप्याथी जस्ता आँखासम्बन्धी समस्याबाट ग्रस्त हुन्छन्। जसका कारण तपाई अन्धोपनको सिकार बन्न सक्नुहुन्छ । यस रोगका लक्षण र बच्ने उपायबारे विस्तृतमा जानकारी गरौं ।

मधुमेह रेटिनोप्याथी किन खतरनाक छ?

डाइबेटिक रेटिनोप्याथी रोग यति खतरनाक हुने कि यसले आँखाको ज्योति समेत गुमाउन सक्ने चिकित्सकहरु बताउँछन् । जसका कारण मानिस अन्धोपनको शिकार बन्न सक्छ । मधुमेहका बिरामी जो उच्च रक्तचापबाट ग्रसित छन् र धुम्रपान गरिरहन्छन् उनीहरू यस रोगको उच्च जोखिममा हुन्छन्।

डब्लुएचओका अनुसार आँखाका विभिन्न रोगहरूपछि डायबेटिक रेटिनोप्याथी विश्वभर अन्धोपनको दोस्रो ठूलो कारण हो। यो रोग लागेपछि आँखाको ज्योति गुम्ने खतरा ५० प्रतिशतसम्म रहन्छ ।

मधुमेह रेटिनोप्याथी रोगको कारणहरु

नेत्र रोग विशेषज्ञहरुका अनुसार मधुमेह यस्तो खतरनाक दीर्घकालीन रोग हो, जसले शरीरका अन्य अंगलाई पनि असर गर्न सक्छ । जसको रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी छ, उनीहरुलाई यो रोगको सबैभन्दा बढी जोखिम हुन्छ । यो रोगले रेटिनामा प्रत्यक्ष आक्रमण गर्छ र यसको कार्य बिग्रन्छ। यसको लक्षण पहिचान गरी समयमै उपचार नगरे अन्धोपन हुन सक्छ।

मधुमेह रेटिनोप्याथी रोगको लक्षण

धमिलो वा कम दृष्टि
चक्कर आउनु
टाउको दुख्ने

कसरी जोगाउने ?

हरेक ६ महिनामा आँखा जाँच गराउनुहोस्।
रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्ने प्रयास गर्नुहोस्।
समस्या बढ्यो भने डाक्टरकहाँ जानुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?