मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका एलिना चौहान बनिन् ओशो सन्यासी, बनिन् ‘माँ शिव प्रिया’

काठमाडौँ– गायिका एलिना चौहान ओशो सन्यासी बनेकी छिन् । साथै उनले आफ्नो नयाँ नाम ‘माँ शिव प्रिया’ राखेकी छिन् ।

उनी केही समयअघिदेखि ओशो तपोवनमा ध्यान गरिरहेकी थिइन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो हेर्दा उनी ध्यानपछि सन्यासी बनेकी हुन् ।

टिकटकमा एलिनाले माँ शिव प्रियाको नाम खाता बनाएर ध्यानका भिडियोहरु सार्वजनिक गरेकी छिन् ।

पहिले नै ओशोमार्गी भएकी शोभिता सिम्खडाले एलिनालाई ओशो परिवारमा स्वागत गरेकी छिन् । ओशो तपोवन गएकी एलिनाले पहिले अरुलाई रमाइलो गराएको तर अहिले आफू रमाएको बताएकी छिन् ।

‘अरुलाई रमाइलो गराउँदा आफूलाई प्रेसर फिल गर्थेँ, कलाकार भएपछि जबरजस्ती पनि हाँस्नुपर्ने हुन्थ्यो, त्यो चीजले म वाक्क हुन्थेँ,’ उनले भनेकी छिन्, ‘म खुशी हुने ठाउँ यहाँ (ओशो तपोवन) रहेछ, अहिले ममा रिस पनि छैन, केही पनि छैन, खाली भएकी छु, ’

एलिनाले आफू शिवभक्त भएका कारण ‘माँ शिव प्रिया’ राखेकी हुन् । उनलाई यो नाम स्वामी आनन्द अरुणले राखिदिएका हुन् ।

‘कति जना ओशो तपोवनमा डिप्रेसन निको पार्न आएको पाएँ, तर ओशो तपोवनमा आउन पनि तयार भएर आउनुपर्ने रहेछ, म पनि पहिले भौतारिँदै हिँडेकी थिएँ, पहिले मलाई पाँच मिनेट पनि बस्न सक्दिनथेँ, यहाँ आउँदा ध्यानबारे बुझेँ,’ उनले भनेकी छिन् ।

विवाहपछि पतिसँग अस्ट्रेलिया बस्दै आएकी चौहान केही समयअघि तीज मनाउन नेपाल आएकी थिइन् । एलिना पछिल्लो समय रुचाइएकी युवा कलाकारको सूचीमा पर्छिन् । उनले गाएका धोकेवाज हौ तिमी, कट्टा हान्दिन्छु, के माया लाग्छ र, लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?