मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतविरुद्ध बंगलादेश पहिलो इनिंङमा १४९ रनमा अलआउट

काठमाडौँ – भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएको थियो ।

योसँगै बंगलादेश यस टेस्टको पहिलो इनिंङमा २२७ रनले पछाडी परेको छ । बंगलादेशका लागि सकिब अल हसनले सर्बाधिक ३२ रन बनाएका थिए भने मेहिदी हसन मिराजले २७ तथा लिटन दासले २२ रन बनाएका थिए ।

बंगलादेशलाई अल आउट गर्नेक्रममा भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ४ तथा मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंङ गरेको भारतले आफ्नो पहिलो इनिंङमा ३७६ रन बनाएको थियो । जसमा भारतीय स्पिन बल आर आश्विनले शतक प्रहार गरेका थिए । आश्विनले ११३ रन बनाए भने रविन्द्र जडेजाले ८६ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?