मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामखुट्टेको टोकाइबाट लाग्न सक्छ यस्ता गम्भीर रोग

वर्षायाममा लामखुट्टेको सङ्क्रमण बढ्ने हुन्छ । लामखुट्टेको टोकाइ र यसबाट फैलिने रोगको जोखिमबाट मुक्त हुन गाह्रै हुन्छ । किनकि वर्षैपिच्छे अत्यधिक गर्मी र बर्सातमा मौसममा यसको आतङ्क देखिन्छ ।

यस पटक पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमण अत्यधिक बढेको छ । वर्षायाममा सङ्क्रामक रोग बढी देखिन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ ।

पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैन । ठाउँ ठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ । लामखुट्टेको सङ्ख्या बढेसँगै यसको टोकाइबाट डेंगु, इन्फाइटिज मात्र होइन केही अन्य रोग पनि लाग्न सक्ने विज्ञहरू बताउँछन् ।

यसकारण आज हामी लामखुट्टेको टोकाइबाट के–कस्ता स्वास्थ्य समस्याहरू निम्तन सक्छन् भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।

मलेरिया
लामखुट्टेको टोकाइले लाग्ने मलेरियालाई औँलो पनि भन्ने गरिन्छ । मलेरिया लाग्नुको मुख्य कारण प्लाज्मोडियम नामको परजीवी हो, जसका विभिन्न प्रजाति हुन्छन् । यी प्लाज्मोडियम सङ्क्रमित लामखुट्टेको टोकाइले रगतमा प्लाज्मोडियम प्रवेश गर्छ । यो समस्याले पहिला कलेजोमा प्रभाव पार्न थाल्छ ।

प्यारासाइट्सले बिस्तारै कलेजोको आकार बढाउँदै लैजान्छ ।  राता रक्तकोषिकामा प्रभावित पार्छ । टाउको दुख्ने, बान्ता हुने यस रोगका विशेष लक्षण हुन् । समयमै उपचार गर्न नसकेमा मलेरियाले ज्यानै लिन सक्छ । 

डेंगु
विश्वको आधा जनसङ्ख्या डेंगुको जोखिममा छ । सङ्क्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, चक्कर लाग्ने, आँखाको भित्री भाग दुख्ने, मांसपेशी वा जोर्नी दुख्ने र शरीर गलेको महसुस हुने लगायतको लक्षण देखा पर्छ । यो समस्यामा सबैभन्दा ठूलो चुनौती भनेको रगत जम्न नदिने प्लेटलेट्स कम हुनु हो । डेंगु निम्त्याउने एडिस लामखुट्टे प्राय गरी दिनमा सक्रिय रहन्छ ।

जापानीज इन्सेफलाइटिस
डेंगु सङ्क्रमण फैलिरहेको बेला लामखुट्टेको टोकाइबाट सर्ने अर्को रोग जापानीज इन्सेफलाइटिसको संक्रमणले पनि ठूलो चुनौती थपेको छ । जापानीज इन्सेफलाइटिस भन्ने भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो, जुन सुँगुर जस्ता जनावर र चराहरूलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ ।

ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउने उनी बताउँछन् । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ । मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखा पर्ने हुन्छ । गम्भीर रूपमा असर पारेमा कोमा मा समेत पुर्‍याउन सक्ने चिकित्सक बताउँछन् । 

लामखुट्टेको टोकाइबाट कसरी बच्ने ? 
पहिलो कुरा त लामखुट्टेको टोकाइबाट बच्न यसको वृद्धिलाई रोक्नुपर्छ । राति सुत्दा सधैँ झुल प्रयोग गर्ने तथा घरबाहिर निस्कँदा लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनु नै यसबाट बच्ने प्रमुख उपाय हो ।

पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिनुका साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्किने तथा घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?