मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाकाहारीका लागि राम्रो विकल्प ‘सोयाबिन’

प्रोटिनयुक्त सोया चंक वा मस्यौरा हाम्रो स्वास्थ्यका लागि एकदमै उपयोगी छ ।

विशेषगरी शाकाहारीका लागि कटेज चीज र सोया चुंकमा बराबर मात्रामा प्रोटिन पाइन्छ । सोयाबिनलाई तरकारी बनाएर, साँधेर, पुलाउमा राखेर, ससेज बनाएर वा विभिन्न परिकार बनाएर खान सकिन्छ । यसले शरीरको मांसपेशीलाई स्थूल राख्छ ।

आउनुहोस् यसका फाइदाबारे जानौँ–

– सोयाबिनमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ जसले सुगर लेवल बढ्नबाट रोक्छ । मधुमेहको समस्यामा सोयाबिन उमालेर खानु एकदमै फाइदाजनक हुन सक्छ ।

– सोयाबिनमा फाइटोकेमिकल्स तथा भिटामिन ‘ई’ जस्ता एन्टीअक्सिडेन्टले भरपूर तत्त्व हुन्छन् जो शरीरमा अक्सीडेटिव स्ट्रेस र फ्री रेडिकल्सबाट हुने नोक्सानबाट बचाउने गर्छ ।

– सोयाबिन प्रोटिनको राम्रो स्रोत हो, जसले शरीरलाई चाहिने अमिनो एसिड बनाउन सहयोग गर्छ । शाकाहारी व्यक्तिका लागि सोयाबिन प्रोटिनको एउटा राम्रो विकल्प हो । यसलाई उमालेर खानु एकदमै फाइदाजनक हुन्छ ।

– त्यस्तै, सोयाबिनमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ । यसमा पोलीअनसेचुरेटेड तथा मोनोअनसैचुरेटेड फ्याटको राम्रो मात्रा हुन्छ । यी सबै गुणले कोलेस्ट्रोल लेवललाई कम गरेर हृदय स्वस्थ राख्न पनि सहयोग गर्छ ।

– सोयाबिनमा क्याल्सियम तथा म्याग्नेसियमको राम्रो स्रोत हुन्छ र दुवै हड्डीलाई बलियो र स्वस्थ बनाउन सहयोगी हुन्छन् ।

– सोयाबिनमा फाइबरको मात्रा भरपूर मात्रामा हुन्छ जो पाचनका लागि निकै राम्रो हुन्छ । यसले कब्जियतलाई रोक्ने काम गर्छ । आफ्नो आहारमा सोयाबिन समावेश गर्नुहोस् र कब्जियत भगाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?