काठमाडौँ – प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा–५’को प्रचारका लागि यो ‘रोस्टिङ ब्याटल’ हुने भएको छ ।
असोज २० गते कमलादीस्थित नाचघरमा ‘रोस्टिङ ब्याटल’मा कमेडी च्याम्पियनको टिम र ‘छक्का पञ्जा–५’को टिमबीच भिड्न लागेको हो । यसलाई आयोजकले नेपालको अहिलेसम्मकै ठूलो ‘रोस्टिङ ब्याटल’ हुने बताएको छ ।
करिब साढे सात सय दर्शकले सहभागिता जनाउने अपेक्षा गरिएको कार्यक्रमका लागि पाँच सयदेखि १५ सयसम्मको टिकट राखिएको छ ।
नेपालमा लागि यो नयाँ भए पनि भारतमा भने यस्ता कार्यक्रम हुँदै आएका छन् । ‘रोस्टिङ ब्याटल’मा ‘छक्का पञ्जा–५’का दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटीलगायत अधिकांश कलाकार हुनेछन् ।
‘रोस्टिङ ब्याटल’मा कमेडी च्याम्पियनका भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, कैलाश कार्की, सन्तोष थापालगायत कमेडियन हुने निर्देशक भण्डारीले जानकारी दिए । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र असोज २४ गते रिलिज हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया