मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँ पनि आलुलाई फ्रिजमा राख्नु हुन्छ ? जान्नुहोस् यी कुरा

फ्रिज हाम्रो जीवनको एक अभिन्न अङ्ग जस्तै भइसकेको छ । हामी फ्रिजमा खानेकुराहरू धेरै समयसम्म नबिग्रिओस् भनेर राख्ने गर्दछौँ । 

तर सजिलै प्राप्त गर्ने आलु फ्रिजमा राख्नु कत्तिको स्वस्थ्यकर हुन्छ ?  

वास्तवमा आलुलाई फ्रिजमा राख्नु नोक्सानदायक हुन्छ । यो किन हानिकारक हुन्छ भन्ने बारेमा थोरै चर्चा गरौं

आलुमा स्टार्च समावेश हुन्छ । जब आलुलाई फ्रिजमा राखिन्छ, तब फ्रिजको चिसो तापक्रम आलुमा समावेश स्टार्चलाई सुगरमा परिवर्तन गरिदिन्छ । त्यो सुगर केमिकलमा परिवर्तन हुन्छ, जसको सेवनले क्यान्सर हुने जोखिम बढ्छ ।

उक्त कुरा हालै गरिएको एउटा सर्वेक्षणबाट प्रमाणित भएको हो । फुड स्ट्याण्डर्ड एजेन्सीद्वारा गरिएको सर्वेक्षण अनुसार जब हामी फ्रिज अथवा फ्रिजरमा राखिएको आलुलाई बेक अथवा फ्राई गर्छौँ, तब आलुमा समावेश सुगर कन्टेन्ट, त्यसमा समावेश एमिनो ऐसिड एस्परेगिनसंग मिलेर एक्राईलामाइड नामक केमिकल उत्पन्न हुन थाल्छ ।

उक्त केमिकलको प्रयोग पेपर बनाउन, प्लास्टिक बनाउन र कपडा रङ्गाउनका लागि गरिन्छ । जुन मानिसले उच्च तापक्रममा पाकेको स्टार्च भएको खाद्य पदार्थ सेवन गर्छन्, उनीहरूमा भिन्दा–भिन्दै किसिमको क्यान्सर हुने खतरा धेरै हुन्छ भन्ने कुरा सर्वेक्षणबाट प्रमाणित भइसकेको छ ।

आलुलाई अत्यधिक उच्च तापमानमा पकाउनु हुँदैन । यसबाट हुने खतराबाट बच्नका लागि आलुलाई तासेर १५ देखि ३० मिनेटका लागि पानीमा भिजाएर राख्न सकिन्छ । यसो गर्नाले आलु पकाउने क्रममा त्यसमा एक्राईलामाइड बन्ने आशङ्का कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?