मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी

काठमाडौँ – अस्ट्रेलियाले इङल्याण्डविरुद्धको जारी एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको हो ।

इङल्याण्डले दिएको ३१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित १५४ रन बनाएका थिए । हेडले १२९ बल खेल्दै १५४ रन बनाएका थिए । त्यस्तै मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको इङल्याण्डले ४९.४ ओभरमा अल आउट हुँदै ३१५ रन बनाएको थियो । इङल्याण्डका लागि बेन डकेटले सर्वाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए ।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा १(० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?