मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बार्सिलोना मोनाकोसँग पराजित

काठमाडौँ – बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा खराब शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोना फ्रेन्च क्लब मोनाकोसँग २-१ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगको नयाँ सिजनको खराब शुरुवात गरेको हो ।

यस खेलमा खेलको १०औँ मिनेटमा नै एरिक ग्रसियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

मोनाकोको जितमा मागहनेस अकिलोउच र जर्ज इलेनीखेनाले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल लामिन यमलले गरेका थिए ।

बार्सिलोनाले अब अर्को खेल अक्टोबर २ मा योंग ब्वायजसँग खेल्ने तालिका रहेको छ भने मोनाकोले अर्को खेल डाइनामो जाग्रेबसँग अक्टोबर ३ मा खेल्ने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?