मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यौन दुर्व्यवहारको आरोपमा तेलुगु कोरियोग्राफर जानी मास्टर पक्राउ

काठमाडौँ – तेलुगु कोरियोग्राफर जानी मास्टर पक्राउ परेका छन् । एक महिलाले तेलुगु कोरियोग्राफर जानी मास्टरमाथि शारीरिक हिंसाको आरोप लगाएकी छन्। फोटोसुटका क्रममा महिलाले उनलाई मानसिक र शारीरिक यातना दिएकी थिइन् ।

‘बाहुबली’ र ‘पुष्पा’ जस्ता ब्लकबस्टर फिल्ममा कोरियोग्राफरको रुपमा काम गरेका जानी मास्टर अहिले चर्चामा छन् । तेलुगु कोरियोग्राफर जानी मास्टरको निर्देशनमा धेरै ठूला स्टारले डान्स गरेका छन् ।

जानी मास्टरलाई उनीसँगै काम गर्ने २१ वर्षीया युवतीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । तेलुगु फिल्म कोरियोग्राफर जानी मास्टरलाई सहकर्मीले लगाएकाे यौन दुर्व्यवहारको आरोपमा अहिले हैदरावाद प्रहरी हिरासतमा छन्।

तेलुगु कोरियोग्राफर जानी मास्टर विरुद्ध सेप्टेम्बर १६ मा हैदराबादको रायदुर्गम पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको थियो। रिपोर्ट अनुसार जानीलाई गोवाबाट पक्राउ गरी हैदरावाद लगिएको बताइएकाे छ ।

साइबराबाद प्रहरीको एसओटी (विशेष अपरेशन टीम) ले जानी मास्टरलाई गोवाबाट पक्राउ गरेको थियो। रिपोर्टका अनुसार पीडितले गत अगस्ट १७ मा केही अपरिचित व्यक्तिबाट धम्की आएको उजुरीमा लेखेकी छन् ।

रिपोर्टका अनुसार जानी मास्टर देश छोड्ने योजनामा ​​थिए, तर प्रहरीले पक्राउ गरेको थियो। भाेली ( सेप्टेम्बर २० ) उनलाई अदालतमा पेश गरिने बताइएकाे छ । गत असारमा सतीश नामका एक व्यक्तिले जानीका कारण जागिर नपाएको भन्दै जानीविरुद्ध दुर्व्यवहारको उजुरी दिएका थिए । तर, जोनीले यो कुरालाई पनि अस्वीकार गरेका छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने, जानी मास्टरले थालपथी विजय, अल्लु अर्जुन, प्रभास र सलमान खान जस्ता ठूला स्टारहरूसँग कोरियोग्राफरको रूपमा काम गरिसकेका छन्। जानी मसरले ‘सिती मार’, ‘बुटा बोमा’, ‘श्रीवल्ली’ जस्ता गीतको कोरियोग्राफी गरेका छन् । जानी मास्टरले हालै चलचित्र स्त्री २ को सुपरहिट गीत ‘म नही’ कोरियोग्राफी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?