मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कंगुवा’को रिलिज मिति स्थगित, अब विक्रान्त मेसीको फिल्मले प्रतिस्पर्धा गर्ने

काठमाडौँ – साउथ स्टार सूर्याको एक्सन–फ्यान्टेसी फिल्म ‘कंगुवा’ को दर्शकले आतुरतापूर्वक प्रतिक्षा गरिरहेका छन् । यो चलचित्र यसअघि १० अक्टोबर २०२४ मा हलमा आउने तय भएको थियो । तर अहिले निर्माण पक्षले फिल्मको रिलिज मिति सारेकाे छ । यसअघि ‘कंगुवा’ रजनीकान्तको ‘वेट्टियाँ’सँग बक्स अफिसमा भिड्दै थियो ।

निर्माताहरूले ‘कंगुवा’ को रिलिज मिति १४ नोभेम्बर, २०२४ सम्म सारेका छन्। ‘कंगुवा’का निर्माताले एक पोस्ट गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेका छन् ।

शिवको निर्देशनमा बनेको ‘कंगुवा’ले अब सुपरस्टार रजनीकान्तको ‘वेट्टियान’सँग भिड्ने छैन, तर अब विक्रान्त मेसीको फिल्मसँग भिड्नेछ । वास्तवमा विक्रान्त मेसीको फिल्म ‘द साबरमती रिपोर्ट’ पनि नोभेम्बर १४ मा हलमा रिलिज हुँदैछ ।

रिपोर्टका अनुसार ‘कंगुवा’ ३५० करोडको बजेटमा बनेको छ । यो एक पिरियड ड्रामा हो, जसको छायांकन विश्वका विभिन्न सात देशमा गरिएको छ । फिल्ममा सूर्य मुख्य कलाकारको भूमिकामा देखिनेछन् । फिल्ममा बबी देओल र दिशा पटनी पनि छन् । फिल्ममा जगपति बाबु, नटराजन सुब्रमण्यन, योगी बाबु, रेडिन किंग्सले, कोभाई सरला, आनन्दराज र केएस रविकुमार पनि छन्।

रजनीकान्तको फिल्म ‘वेट्टियाँ’ एक एक्सन ड्रामा हो । यो रजनीकान्तको १७०औँ फिल्म हो जसबाट अमिताभ बच्चनले तमिल फिल्ममा डेब्यु गर्न लागेका छन् । टीजे ज्ञानवेलले निर्देशन गरेको यस फिल्ममा फहद फासिल, राना दग्गुबाती र मञ्जु वारियरको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?