मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ – बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको आज मुम्बईको ओशिवारा श्मशान गृहमा अन्तिम संस्कार गरिएको छ ।

विपिन रेशमियाको परिवारले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको पुष्टी गर्दै लेखेका छन्, ‘अत्यधिक दुःखका साथ हाम्रा बुवा विपिन रेशमियाको १८ सेप्टेम्बरमा निधन भएको जानकारी गराउँदछौं ।’ विपिन रेशमिया फिल्मका निर्माता-संगीतकार थिए ।

उनले ‘द एक्सपोज’ ‘२०१४’ र ‘तेरा सुरुर’ ‘२०१६’ जस्ता फिल्महरू निर्माण गरेका थिए । उनले रिलिज हुन नसकेको ‘इन्साफ का सुरज’ ‘१९९०’ को लागि पनि संगीत दिएका थिए । २०२१ मा, हिमेशले ‘इन्डियन आइडल’ को सेटमा खुलासा गरेका थिए कि उनका बुबाले एउटा गजबको गीत रचना गरेका थिए, जसलाई लता मंगेशकर र किशोर कुमारले गाएका थिए तर यो गीत कहिल्यै रिलिज भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?