काठमाडौँ – मंगलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।
अब लेबनानको राजधानी बेरुतको राफिक हरिरी विमानस्थलबाट उड्ने सबै उडानहरूमा वाकीटकी र पेजरहरू प्रतिबन्ध लगाइएको छ । बेरुतमा अवस्थित यो एयरपोर्ट लेबनानको एक मात्र व्यावसायिक परिचालन एयरपोर्ट हो ।
लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले उड्डयन एजेन्सीलाई उद्धृत गर्दै यात्रुहरूलाई आफ्नो साथमा पेजर वा वाकीटकी जस्ता उपकरणहरू नल्याउन भनिएको छ । यदि तिनीहरूसँग त्यस्ता उपकरणहरू फेला परेमा तुरुन्तै जफत गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया