मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संविधान दिवसमा पोस्टर कला प्रदर्शनी

काठमाडौँ– संविधान दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पोस्टर कला प्रदर्शनी शुरु गरेको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, दस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’लगायतको सहभागीमा बुधवारेखि प्रदर्शनी शुरु गरिएको हो । कलाकारहरुले ‘लोकतन्त्र र संविधान’ शीर्षकमा पोस्टर कलाकृतिहरु सिर्जना गरेका छन् ।

कुलपति हार्तम्छालीले पोस्टर कला सन्देश तथा विषयवुस्तुप्रधान हुने भएकाले यसको विश्लेषण त्यसैका आधारमा हुनपर्ने बताए । लोकतन्त्र र संविधानको भावनालाई शिक्षा, चेतना, कलामार्फत जनस्तरमा लान आवश्यक रहेको धारणा राख्दै उनले भने, ‘पोस्टर कलामा प्रयोग भएको रेखाङ्कन शैली र रङले छुट्टाछुट्टै अर्थ बोकेको हुन्छ ।’

सदस्य सचिव ‘थुम्केली’ले कलाकार युगका निर्माता भएकाले उनीहरूले गरेका सिर्जना सोहीअनुसारको हुनुपर्ने बताए । उनले कलाले हाम्रो भूगोल, संस्कृति, समाज, राष्ट्र र विश्वको चेतना निर्माणमा ठुलो प्रभाव पार्ने सुनाए

‘यस प्रदर्शनीको मूल उद्देश्य कलाका माध्यमबाट संविधानको मर्म, भावना, महत्व जनतामा पुर्‍याउनु हो । यस्ता कार्यक्रमले नव युवाहरूमा संविधानका विषयमा सचेतना जगाउने कार्य गर्दछ,’ उनले भने ।

वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले नयाँ पिँढीले संविधानको विषयमा विस्तृत रूपमा बुझुन् भन्ने उद्देश्य राखेर यस कार्यक्रमको आयोजना गरिएको बताइन् ।

प्रदर्शनीमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, अरुणा हिङ्माङ, प्राज्ञसभा सदस्य प्रदीप शाक्य, प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

असोज १० गतेसम्म चल्ने प्रतियोगितामा यमकुुमारी कुुलुुङ प्रथम, मुक्ति चालिसे द्वितीय, लेग्देन साङ्मो तामाङ तृतीय र सम्झना राईले सान्त्वना पुरस्कार प्राप्त गरे ।

पुरस्कारको राशि क्रमशः रु १५ हजार, १२ हजार, १० हजार र ८ हजार र प्रमाण–पत्र थियो । प्रतियोगितामा सौरभ लगुुन, होमराज कुुलुुङ राई, कशिस महर्जन, श्रद्धा श्रेष्ठ, रुद्र राई, प्रतिभा खड्का, सुुदिशा थापा, प्रतिक्षा तिवारी, अञ्जली घिमिरे, निश्चल श्रेष्ठ, राष्ट्र कार्की, जेनिस महर्जन, राहुुलराज शाक्य, प्रविन अधिकारी, नवीन लामालगायतले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?