मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बक्स अफिसमा भिड्दै छन्, अजय र कार्तिकका यी फिल्म

काठमाडौँ – अजय देवगन र कार्तिक आर्यनका फिल्म बक्स अफिसमा भिड्ने भएका छन् । सुपरहिट संस्करणका उनीहरुका फिल्म एकै दिन अर्थात नोभेम्बर १ मा प्रदर्शनमा आउन लागेका हुन् ।

दिपावलीको अवसर पारेर रोहित शेट्टी निर्देशित फिल्म ‘सिंघम ३’ र  ‘भूल भुलैया ३’ एकसाथ प्रदर्शन हुन लागेका हुन्। यी दुवै फिल्म सुपरहिट संस्करणको तेस्रो भाग हो। 

अनिस बज्मी निर्देशित फिल्म ‘भूल भुलैया ३’ हरर कमेडी जनराको फिल्म हो। यसको दुवै संस्करणले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। 

अब तेस्रो संस्करण प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी, माधुरी दीक्षित, विजय राज, सञ्जय मिश्रा, राजेश शर्मा, राजपाल यादवलगायत कलाकारको अभिनय छ। 

यता रोहित शेट्टी निर्देशित फिल्म ‘सिंघम अगेन’ पनि सिरिजको तेस्रो संस्करण हो। यसको दुवै संस्करण सुपरहिट भएका थिए।

फिल्ममा अजय देवगन, करीना कपूर, दीपिका पादुकोण, रणवीर सिंहलगायत कलाकारको अभिनय छ। यो रोहित शेट्टीको कप युनिभर्सको फिल्म हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?