मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रहेनन् बलिउडका चर्चित सङ्गीत निर्देशक विपिन रेशमिया

काठमाडौँ – बलिउडका चर्चित सङ्गीत निर्देशक विपिन रेशमियाको निधन भएको छ ।

चर्चित सङ्गीतकार हिमेश रेशमियाका पिता विपिनको ८७  वर्षको उमेरमा मृत्यु भएको हो । बुढ्यौलीसँग सम्बन्धित समस्या र रोगसँग जुझिरहेका उनको मृत्यु सेप्टेम्बर १८ को साँझ ६ः३० बजे उनको मृत्यु भएको बताइएको छ ।

गएको केही समयदेखि उनलाई मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । 

यद्यपि उनी अस्पतालमा कहिलेदेखि भर्ना भएर बसेका थिए भन्ने जानकारी आएको छैन । 

विपिनको अन्त्येष्टि सेप्टेम्बर १९ मा जुहूमा गरिने बताइएको छ । बिहीबार नै उनको पार्थिव शरीरलाई घर ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?