काठमाडौँ – नयाँ नेपाली फिल्म शुक्रबार रिलिज गर्ने परम्परा तोड्दै फिल्म ‘खुस्मा’ बिहीबारबाटै प्रदर्शनमा आएको छ ।
आज संविधान दिवसको विशेष अवसर पारेर यो फिल्म आजबाट प्रदर्शनमा आएको हो ।
तर अघिल्लो साताहरूमा प्रदर्शनमा आएको ‘शाम्बाला’ र बलिउडको ‘स्त्री २’लगायत केही फिल्मले ओगटेका कारण ‘खुस्मा’ले देशभरका हलका सबै स्टेसन भने पाएको छैन ।
अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको फिल्म ‘खुस्मा’ मगर समुदायको पृष्ठभूमिमा आधारित प्रेमकथामा बनेको फिल्म हो । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
फिल्ममा धिरज मगर उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन , सुजाता राई, विजय संयोजक सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।
वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको फिल्ममा सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया