मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक

काठमाडौँ – साउदी क्लब अल नासरले स्टेफानो पिओलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

अल नासरले पिओलीलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । ५८ वर्षीय इटालियन प्रशिक्षक पिओली यस अघि २०१९ देखि गत मे सम्म इटालियन क्लब एसी मिलानको प्रशिक्षक थिए । 

उनले मिलानलाई २०२१-२२ सिजनमा इटालियन सिरी ए जिताएका थिए । उनले आफ्नो प्रशिक्षण क्यारियरमा इन्टर मिलान, लाजियो, फियोरेन्टिना जस्ता क्लबको प्रशिक्षक बनेका थिए । 

अल नासरले यस सिजनमा क्लबले खराब शुरुवात गरेपछि मुख्य प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?