मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिस नेपाल वर्ल्ड आश्मा राप्रपाको केन्द्रीय सदस्य

काठमाडौँ- गत साउन १८ मा सन् २०२४ को मिस नेपाल वर्ल्ड बनेकी आश्माकुमारी केसी राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेकी छिन् ।

उनलाई मंगलबार मात्रै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ४० वर्षमुनिका २० युवाहरूको सूचीमा राख्दै केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेका हुन् । तर राप्रपाले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गर्ने क्रममा आश्मालाई पनि राखेको हो ।

मिस नेपालका रुपमा आश्माले मिस वर्ल्डमा प्रतिनिधित्वि गर्नुअघि नै राजनीतितिर लागेकी हुन् ।

उनले मिस नेपाल हुने क्रममा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई आफ्नोतर्फबाट उत्कृष्ट रूपमा प्रस्तुत गर्न प्रयास गर्ने बताएकी थिइन् । मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व राम्रो भइरहेको बताउँदै उनले अघिल्ला विजेतालाई पछ्याउँदै मिस वर्ल्डमा नेपालको शान बढाउने गरी भाग लिने बताएकी थिइन् ।

राप्रपा अध्यक्ष लिङ्देनका अुनसार छनोट समितिले विभिन्न आधारमा छानिएका युवाहरूलाई अन्तर्वार्तापछि १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको हो ।

राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेअनुसार वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो ।

अन्तर्वार्तापछि समितिले आश्मासहित १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा मंगलबार नै छनोट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?