मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जान्नुहोस् रगतबारे केही अचम्मका तथ्य 

रगतबारे कतिपय तथ्य हामीमध्ये धेरैलाई थाहा नै छैन । जस्तो कि  रगतको समूह किन फरक फरक हुन्छ भनी वैज्ञानिकहरू समेत भन्न सक्दैनन् । मानिसमा ३० वटा मान्यता प्राप्त रक्त समूहहरू रहेका छन् । 

रगतमा भएका रातो रक्तकोशिकाहरूले शरीरमा अक्सिजन प्रवाह गर्छ । त्यस्तै सेतो रक्तकोशिकाहरूले रोग तथा भाइरससँग लड्न प्रतिरक्षा प्रणालीको रक्षा गर्छ । रगतले मानव शरीरमा रहेका कार्वनडाइअक्साइड जस्ता मेटाबोलिक फोहोरहरूलाई बाहिर निकाल्छ । 

रगतमा भएको हेमोग्लोबिन नामक तत्त्वले रगतलाई रातो बनाउँछ । मानिसको शरीरमा करिब ७ प्रतिशत भाग रगत रहेको हुन्छ । मानव मेरुदण्ड ४५ प्रतिशत रक्तकोशिका र ५५ प्रतिशत रक्तप्लाज्माबाट बनेको हुन्छ । 

रक्त समूह मध्ये ० पोजेटिभलाई साझा रक्त समूह मानिन्छ भने एबी नेगेटिभ सबैभन्दा दुर्लभ रक्त समूह हो । संसारमा रहेका करिब ४ सय प्रजातिहरू रगत मात्रै खाएर बाँच्छन् ।

ब्रेन ह्यामरेजको मुख्य कारण रगत नै हो । केही जीवमा निलो तथा केहीमा हरियो तथा बैजनी रङ्गको रगत पनि हुन्छ । विश्वमा रहेका करिब ४ प्रतिशत मानिसहरूमा ब्लड इन्जुरी इन्जेक्सन फोबिया रहेको हुन्छ । यी मानिसहरू रगतदेखि धेरै नै डराउने गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?