मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता रोगीहरूको लागि लाभदायक छ प्याज

हामीले हाम्रो भान्सामा पकाउने तरकारीहरू विभिन्न स्वास्थ्यलाभहरु दिन्छन् । धेरै तरकारीहरूमा औषधीय गुण पनि लुकेको हुन्छ ।

भान्सामा प्रयोग हुने प्याज, लसुन, धनियाँ, अदुवा, बेसार, ल्वाङ लगायत विभिन्न चिजहरूले हाम्रो शरीरलाई रोगहरूसँग लड्ने क्षमताको विकास गरिरहेको हुन्छ । 

यस्तै आज हामीले भान्सामा प्रयोग गर्ने प्याजमा के–कस्ता औषधिय गुणहरू हुन्छन् र यसले हाम्रो शरीरमा के–कस्ता स्वास्थ्यलाभहरु मिल्छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।   

प्याज दिनमा दुई तीन पटक काँचै खाँदा रुघाखोकी ठिक हुन्छ । ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरू विभिन्न अनुसन्धानहरूले समेत पुष्टि गरिसकेको छ । 

रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोका लागी घरेलु उपचारमा प्रभावकारी हुने प्याजको सेवन कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा समेत लाभकारी हुन सक्छ । रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोबाट छुटकारा पाउने सर्वोत्तम घरेलु उपचारका रूपमा तपाई हाम्रो भान्छामा सजिलै उपलब्ध हुने प्याजको सेवन गर्न सकिन्छ ।

साथै प्याजको सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ । यसमा भिटामिन सी, फलाम जस्ता बहुमूल्य खनिज पदार्थ तथा पोषक तत्त्व पाइन्छ ।

प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । गर्मी मौसममा काँचो प्याज खाँदा लू लाग्ने सम्भावनाबाट बचाउँछ । काँचो प्याजको रसले पैतालामा र हातको हत्केलामा लगाउँदा लूबाट बच्न सकिन्छ । पत्थरीको समस्यामा खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ । 

मधुमेह रोगीका लागि प्याज निकै फाइदाजनक मानिन्छ । अर्कोतर्फ दैनिक प्याज खाँदा मधुमेहका बिरामीको चिनीको मात्रा घटाउन मद्दत मिल्छ त्यसैले मधुमेहका बिरामीले काँचो प्याज खानुपर्छ । प्याजले शरीरको सुजन कम गर्न मद्दत गर्छ । अर्कोतर्फ, प्याजमा धेरै एन्टिअक्सिडेन्टहरू पाइन्छ जसले शरीरमा सुजन कम गर्न मद्दत गर्दछ । 

यस्तो अवस्थामा यदि तपाई पनि सुन्निने समस्याबाट त्रसित हुनुहुन्छ भने काँचो प्याजको सेवन गर्न सक्नुहुन्छ । प्याजको सेवनले हड्डी बलियो बनाउन सकिन्छ ।

प्याजमा धेरै यस्ता तत्त्व पाइन्छ जसले हड्डीलाई मजबुत बनाउने काम गर्छ त्यसैले यदि तपाईँको हड्डी पनि कमजोर छ भने काँचो प्याजको सेवन गर्न सक्नुहुन्छ । 

यदि तपाईँलाई पाचन सम्बन्धी समस्या छ भने प्याजको सेवन गर्नु तपाईँको लागि फाइदाजनक हुन्छ । पाचन प्रणालीलाई बलियो बनाउन र पेटलाई स्वस्थ राख्न प्याजलाई सलादको रूपमा खान सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?