मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्रीन टी : दिनमा कति कप पिउने, कुन समयमा पिउने ?

पछिल्ला पुस्ताहरूले ग्रीन टी निकै रुचाइरहेका छन् । मुख्यगरी तौल घटाउन प्रभावकारी हुने भएकाले पनि ग्रीन टीको माग र प्रयोग बढिरहेको छ ।

ग्रीन टीले मानिसको तौल घटाउनदेखि प्रतिरोधात्मक शक्ति बढाउन फाइदाजनक मानिन्छ । कयौँ अध्ययनहरूले ग्रीन टीलाई सही तरिकाले प्रयोग गर्दा शरीरलाई धेरै फाइदाहरू हुने देखाएको छ । 

तर, यसलाई पिउँदा केही नोक्सानहरू पनि छन्, जसबारे तपाई अनविज्ञ हुनुहुन्छ । ग्रीन टी धेरै पिउँदा तपाईँले आफ्नो शरीरलाई चाहिनेभन्दा बढी क्याफिन लिइरहनुभएको हुन्छ ।

यो तपाईँको पेटको समस्याको कारण बन्न सक्छ । यति मात्र होइन, यसले तपाईँको निद्रा पनि प्रभावित बन्न सक्छ । टाउको दुख्ने, तनाव, कब्जियत, उल्टी जस्ता समस्या पनि निम्तन सक्छ ।

क्याफिनले तपाईँको मांसपेशीमा पनि असर पुग्छ । त्यसैले यसलाई खाली पेटमा भन्दा केही खाएपछि खान विज्ञहरू सुझाउँछन् ।

दिनमा कति पिउने ग्रीन टी ?

दिनभरमा तपाईँले सानो कपको ३–४ कप पिउनु उपयुक्त मानिन्छ । यसलाई कहिले पनि खाली पेटमा पिउनु हुँदैन । बरु खाना खाएपछि राम्रोसँग पचाउन यसलाई पिउन सकिन्छ । 

यद्यपि, खाना खाने बित्तिकै पनि यसलाई पिउनु हुँदैन । कम्तीमा १५ मिनेटको अन्तर राख्न जरुरी हुन्छ । ग्रीन टीमा क्याफिन हुन्छ । जसलाई पहिले नै माइग्रेनको समस्या छ, उनीहरूले यसलाई पिउँदा ध्यान दिनुपर्छ किनभने यसले त्यो समस्या बल्झाउन सक्छ । 

ग्रीन टीमा एन्टीअक्सिडेन्ट हुन्छ । तर, यसले शरीरमा आइरन सोस्ने प्रक्रियामा बाधा पुर्‍याउन सक्छ । आइरनको कमीको कारण हुने रोग र एनिमियाजस्ता समस्याबाट ग्रसित मानिसहरूका लागि यो पिउनु खतरनाक हुनसक्छ । 

ग्रीन टीले तपाईँको रगत पातलो बनाउन सक्छ । ग्रीन टीमा पाइने एक यौगिकले शरीरमा फाइब्रिनोजेनलाई नष्ट गर्छ । ग्रीन टीले फ्याटी एसिडको अक्सीकरणलाई पनि रोक्छ, जसले रगत पातलो हुनसक्छ । 

रजस्वलाको दौरान ग्रीन टी पिउनु राम्रो मानिँदैन । ग्रीन टिको अत्यधिक सेवनले कलेजोको समस्या पनि निम्त्याउन सक्छ । विज्ञका अनुसार क्याफिनले कलेजोमा दबाब बढाउन सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?