काठमाडौँ – दरबारमार्ग क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।
संविधान दिवसको अवसरमा असोज ३ गते हुने नेसनल डे कन्सर्टको स्टेज निर्माणको काम भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचनामार्फत जानकारी गराएको छ ।
सरकारले विभिन्न कार्यक्रमका साथ संविधान दिवस धूमधामले मनाउने तयारी गरिरहेको भने दरबारमार्गमा नागरिक स्तरबाट कार्यक्रमको आयोजना हुँदै छ ।
यसले दरवारमार्ग प्रभावित बन्दा केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ डाइभर्सन गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया