मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी एटीएम कार्डको सुरक्षित प्रयोग गर्ने ?

आफ्नो बैंक खाताबाट पैसा निकाल्नका लागि बैंकको काउन्टरमा लामो लाईनमा बस्नु पर्ने बाध्यतालाई एटीएम कार्डले धेरै हदसम्म सहजता प्रदान गरेको छ। 

साथै नगद बोकेर हिड्दा जोखिम हुने भएकाले पनि आवश्यक परेको समयमा पैसा निकाल्न तथा भुक्तानी गर्न एटीएमको प्रयोग हुने गरेको छ।

एटीएम कार्डले प्रयोगकर्तालाई सहजता प्रदान गरे पनि यसको प्रयोगमा जोखिम पनि रहेको छ। नेपालमा विभिन्न समयमा एटीएम कार्ड ह्याक गरेर पैसा चोरी हुने गरेको पनि छ।

उपभोक्ताहरूलाई एटीएमको सुरक्षित प्रयोग गर्न विभिन्न समयमा नेपाल राष्ट्र बैंकले विभिन्न समयमा सूचित पनि गर्दै आइरहेको छ।

एटीएम कार्ड प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको टिप्स 

– आफ्नो पिनकोड गोप्य राख्ने

– अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्ने

– अपरिचित मान्छेबाट टाढै बस्ने

– एटीएम प्रयोग गर्दा खाताबाट पैसा काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने

– आवश्यक परे बैंकका कर्मचारीहरूसँग सम्पर्क गरी सहयोग लिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?