मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिटी एक्सप्रेसको २०८१ सालको दसैँ तिहार योजना सार्वजनिक

काठमाडौँ– सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान् चाड २०८१ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ९० दिन सम्म चल्ने “१८ औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा” उपहार योजना घोषणा गरेको छ ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ ।

कम्पनीका अनुसार यस “१८ औँ वर्षमा १८ गुणा , परिवार मा खुसी लाखौँ गुणौें” अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?