मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइसीसी लिग-२ : नामिबियामाथि अमेरिका ६ विकेटले विजयी

काठमाडौँ – अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पछाएको अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिवियाले ५० ओभरमा ९ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।

यो लिग-२ मा अमेरिकाको पाँचौं खेलमा तेस्रो जित हो । यो खेलपछि अमेरिकाको ५ खेलमा ६ अंक रहेको छ र पाँचौं स्थानमा छ । त्यस्तै नामिबियाको भने ९ खेलमा ८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

अब अमेरिकाले अर्को खेल बुधबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ भने नामिबियाले आगामी शुक्रबार युएईकै सामना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?