मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दीपिकाले छोडेको फिल्मले कट्रिनालाई फाइदा

काठमाडौँ – बलिउड अभिनेत्री कट्रिना कैफले आफ्नो फिल्मी करियरमा धेरै ब्लकबस्टर फिल्म दिएकी छिन् । तर, धेरै पटक यी ब्लकबस्टर फिल्मका लागि उनी निर्माताको पहिलो रोजाइ बनेकी छैनन् ।

एउटा यस्तो फिल्म थियो जसका लागि कट्रिना कैफ निर्माताको पहिलो रोजाइ थिइनन् । यसअघि यो फिल्मका लागि दीपिका पादुकोणलाई अप्रोच गरिएको थियो । उनले फिल्म गर्न अस्वीकार गरेपछि कट्रिनालाई अफर आएको थियो र त्यसपछि उनको करियरमा ठूलो परिवर्तन आयो । यो फिल्म हाे धूम ३ जुन अल टाइम ब्लकबस्टर बन्याे ।

धूम ३ एक एक्शन-प्याक फिल्म थियो जुन विजय कृष्ण द्वारा निर्देशित थियो। यो फिल्म आदित्य चोपडाले निर्माण गरेका हुन् । यो धूम फ्रेन्चाइजको तेस्रो फिल्म थियो जुन उत्कृष्ट थियो। फिल्ममा अभिषेक बच्चन, आमिर खान, उदय चोपडा, ज्याकी श्राफ र कट्रिना कैफ महत्वपूर्ण भूमिकामा देखिएका थिए ।

कट्रिना कैफ भन्दा पहिले, दीपिका पादुकोणलाई आमिर खानको अपोजिट रोलका लागि अप्रोच गरिएको थियो तर उनले त्यो बेला अयान मुखर्जीको ये जवानी है दिवानी गरिरहेकी हुनाले उनले यो फिल्म अस्वीकार गरिन्। त्यसपछि कट्रिना कैफलाई यो भूमिकामा अफर गरिएको थियो ।

धुम ३ मा कट्रिना कैफको डान्स नम्बर कमली भाइरल भएको थियो । फिल्ममा कट्रिना कैफको अभिनयलाई दर्शकसँगै समीक्षकले पनि रुचाएका छन् । तर, आमिरको भिलेन क्यारेक्टरले सबैलाई लाइमलाइट बनायो।

१७५ करोडको लागतमा बनेको यो फिल्म त्यो वर्षको सबैभन्दा महँगो फिल्म थियो। यो फिल्मले बक्स अफिसमा ठूलो सफलता हासिल गर्‍यो र विश्वव्यापी रूपमा ५५८ करोड रुपैयाँ कमाएको थियो। यो फिल्म कट्रिना कैफको सबैभन्दा ठूलो ब्लकबस्टर बन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?