मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ – अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचना प्रकाशित गर्दै राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको हो ।

मुख्य प्रशिक्षकका लागि प्रो लाइसेन्स होल्डर भएको, ५ देखि १० वर्षको प्रशिक्षण अनुभव प्राप्त प्रशिक्षकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । एन्फाले योग्यता पुगेका व्यक्तिले १५ दिनभित्रमा आवेदन दिनसक्ने उल्लेख गरेको छ ।

एन्फाले हालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने निर्णय गर्दै नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अगाडी बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?