मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुटु रोगीका लागी उपयोगी गाजर 

गाजरलाई हामी सलादको रूपमा खाने गर्छौ । साथै यसको अचार र हलुवा  बनाएर पनि सेवन गरिन्छ । गाजर खानु आफैँमा स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । गाजर थुप्रै प्रकारका बिरामीले सेवन गर्न मिल्ने फल हो । यो विशेष गरेर आँखाको ज्योतिको लागि एकदमै फलदायक मानिन्छ ।

गाजर सेवनले डायबिटिज, मुटु रोगी क्यान्सर लगायत धेरै कुराहरूमा पनि अतुलनीय सहयोग गर्दछ । गर्मीमा सलादको रूपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । 

गाजरमा फाइबर, भिटामिन ए, भिटामिन सी र पोटासियम जस्ता थुप्रै महत्त्वपूर्ण पोषक तत्त्व पाइन्छन्। आँखालाई स्वास्थ्य तथा गम्भीर क्रोनिक बिरामीबाट बचाउनका लागि गाजर लाभदायक हुन्छ ।

गाजरको रसले क्यारोटिनाइड पिगमेन्ट ल्यूटिन र जेकस्यान्थिन पनि पाइन्छ । जसले शरीरमा एन्टीअक्सिडेन्टका रूपमा काम गर्छ । एन्टीअक्सिडेन्टको सेवन थुप्रै गम्भीर रोगलाई कम गर्न सहयोग गर्छ । 

दुई सय ग्राम गाजरको जुसले दैनिक भिटामिन ए को आवश्यकता पुरा गर्छ । आँखालाई स्वस्थ राख्नका लागि भिटामिन ए निकै आवश्यक मानिन्छ । गाजरको जसले मानिसको इम्युन सिस्टमलाई पनि बुस्ट गर्छ । यसमा पाइने भिटामिन ए र सी दुवैले एन्टीअक्सिडेन्टका रूपमा काम गर्छन् । जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् ।

यसका साथै यसमा भिटामिन–बी ६ पनि पाइन्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । गाजरको सेवनले रक्त कोशिकाको सङ्ख्यामा पनि वृद्धि हुन्छ । गाजरमा एन्टीइन्फ्लामेटरी गुण पनि पाइन्छ ।

जो मधुमेह रोगीका लागि लाभदायक हुन्छ । गाजरमा हुने पोषक तत्त्वले स्वस्थ राख्नका लागि पनि विशेष भूमिका खेल्दछ । नियमित गाजरको सेवन गर्दा स्वास्थ्यमा थुप्रै सकारात्मक परिवर्तन हुने बताएका छन् । गाजरमा फाइबर, भिटामिन ए, भिटामिन सी र पोटासियम जस्ता थुप्रै महत्त्वपूर्ण पोषक तत्त्व पाइन्छन्।् । आँखालाई स्वास्थ्य तथा गम्भीर क्रोनिक बिरामीबाट बचाउनका लागि गाजर लाभदायक हुन्छ । गाजरको रसले क्यारोटिनाइड पिगमेन्ट ल्यूटिन र जेकस्यान्थिन पनि पाइन्छ । जसले शरीरमा एन्टीअक्सिडेन्टका रूपमा काम गर्छ । एन्टीअक्सिडेन्टको सेवन थुप्रै गम्भीर रोगलाई कम गर्न सहयोग गर्छ । दुई सय ग्राम गाजरको जुसले दैनिक भिटामिन ए को आवश्यकता पुरा गर्छ । आँखालाई स्वस्थ राख्नका लागि भिटामिन ए निकै आवश्यक मानिन्छ । गाजर खानाले दाँत मजबुत बन्छ । गाजरलाई धेरैबेलासम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा ¥याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्री भागहरूमा मसाज हुनुका साथै उक्त स्थानमा रगत सञ्चार नियमित रूपले हुन थाल्छ ।

दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथै दाँत चम्किलो बनाउने पनि काम गर्छ । 

साथै गाजर खाने महिलाहरूमा भविष्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । वैज्ञानिकहरूका अनुसार गाजरमा प्राकृतिक रूपमा पाइने रसायनले क्यान्सरको सम्भावनालाई घटाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?