मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायक रामचन्द्र चन्दको एकल सांगीतिक साँझ हुने

काठमाडौँ– गायक रामचन्द्र चन्दको एकल सांगीतिक साँझ हुने भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आगामी असोज १४ गते सोमबार साँस्कृतिक साँझ हुन लागेको हो ।

गुल्मी कलाकार समाजको आयोजनामा ‘रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१’ कार्यक्रम हुन लागेको हो । कार्यक्रमको संयोजकको रुपमा गायिका मञ्जु पौडेल रहने छिन् ।

लामो समयदेखि लोकदोहोरी गीतमा सक्रिय गायक चन्दको एकल साँझमा चर्चित गीतहरु प्रस्तुत हुने जनाइएको छ । यो उनको पहिलो एकल साँझ हो ।

उनले गीतमा सहकार्य गरेका गायिकाहरू शर्मीला गुरूङ, लक्ष्मी न्यौपाने, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार लगायतले सांगीतिक साँझमा चन्दलाई साथ दिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?