मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तौल घटाउन यस्तो गर्नुस् डाइट

विशेषज्ञहरूका अनु सार हामीले गर्ने खानपिनकै कारण मोटोपन बढ्नुमा ७० प्रतिशत भन्दा बढी भूमिका रहेको हुन्छ । 

त्यसैले हामीले हाम्रो खानपिन शैलीमा परिवर्तन गरेमा पनि मोटोपनलाई धेरै हदसम्म कम गर्न सकिन्छ । खानेकुराको डाइटलाई सन्तुलन गरेर मोटोपनलाई घटाउँदा शरीरमा कुनै किसिमको हानी नहुने उनीहरूको तर्क रहेको छ ।

मोटोपन घटाउन चाहने व्यक्तिले आफ्नो खानामा प्रोटिन र फाइबरको मात्रालाई अत्यधिक समावेश गर्नुपर्छ । मोटोपन भएका व्यक्तिले आफ्नो खानामा मकै, जौ, दलिया, जुनेलो, खैरो चामलको सेवन गर्नुपर्छ । यो बाहेक आफ्नो खानामा मुङ, चना, रहर र मुसुरो दालको पनि सेवन गरेमा तौल घटाउन मद्दत गर्छ ।

तौल घटाउन चाहने व्यक्तिले आफ्नो खानपानमा तरकारीहरूमा तिते करेला, सजियोन, लौका, परवर, घिरौँला, फर्सी र हरियो तरकारीहरूलाई नियमित समावेश गर्नुपर्छ ।

मोटोपन घटाउने फलफूलहरूमा अङ्गुर, स्याउ, अनार, मेवा, सुन्तला लगायत अमिलो किसिमका फलहरूको सेवन गर्नुपर्छ । मोटोपन कम गर्न अमला, मोही, तातो पानी, गुर्जो, इलाईचीलाई आफ्नो खानपानमा समावेश गर्दा तौल घटाउन मद्दत गर्छ ।

यदि मोटोपन धेरै नै छ भने आफ्नो नियमित खानपिनमा भात, गहुँ र चनाको सेवन कमै गर्नुपर्छ । फलफूलमा केरा, तरबुजा लगायत गुलियो फलहरूको कमै सेवन गर्नुपर्छ । तरकारीमा आलु, कटहर, पिँडालुको सेवन सकभर नगरेकै राम्रो ।

मोटोपनलाई कम गर्ने सोचाइमा हुनुहुन्छ भने तेलमा तारेको चिल्लो खानेकुरा, धेरै नुन, कोल्ड ड्रिंक्स, बेकरी र जङ्क खानेकुराहरू सकभर नखाएकै राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?