मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ज्वाइँ साब’काे फर्स्ट लुक र टिजरले बढायाे चर्चा

काठमाडौं – वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’ अहिले चर्चामा छ। फिल्मको हालै सार्वजनिक ‘फर्स्ट लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो।

गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै फिल्मको चर्चा थप चुलिएको हो।

फूलपातीको अवसर पारेर आगामी असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले फिल्मलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए।

“पोस्टर र टिजरले चलचित्रको ‘हाइप क्रिएट’ गरेको थियो,” उनले भने, “यो गीत आएपछि हाइप झन् बढेको छ। अहिले विदेशबाट समेत चलचित्रको माग आइरहेको छ।” उनले विदेशमा र स्वदेशमा फिल्म एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताए।

फिल्मको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ। फिल्मले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताए। ‘ज्वाइँ साब’ फिल्म रेड आई फिल्मको प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो।

यस फिल्ममा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन्। बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको यस फिल्ममा अभिनय रहेको छ।

फिल्मका कार्यकारी निर्माता विजय बस्याल र अन्य निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ रहेका छन्। संगीत अर्जुन पोखरेल र महेश ताम्राकारको छ। द्वन्द्व निर्देशन सञ्जय थापाको छ भने छायाङ्कन श्याम तामाङले गरेका छन्। फिल्मको सम्पादन सन्देश शाहले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?