प्रायः मानिसको लामो समय एकै पोजिसनमा बस्दा, केही बेर थिचिँदा वा अन्य कारणले पनि कुनै न कुनै बेला खुट्टा निदाउने वा झुम्म हुने गर्दछ । खुट्टा निदाउँदा एक छिन त पीडा हुन्छ र उभिन वा हिँड्नसम्म सकिदैंन । तर केही बेर पछि यो आफै हराएर जान्छ ।
प्रायजसो मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको अनुभव गरेका हुन्छन्। खुट्टा निदाउँदा एक छिन त निकै पीडा हुन्छ । उभिन र हिँड्न पनि सकिदैंन। आखिर किन यस्तो हुन्छ ?
हामी सोच्छौँ खुट्टामा पर्याप्त मात्रामा रक्तसञ्चार नभएका कारण निदाउने हुन्छ । तर यसो नभई खुट्टा नसाका कारण निदाउँछ । यो शरीरमा हुने साना तारजस्तै हुन्छ । नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने लैजाने काम गर्छन् ।
यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । लामो समयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अङ्गमा दबाब पर्छ र त्यो अङ्ग निदाउँछ ।
यी नसाहरू कोषीय फाइबरबाट बन्छ र प्रत्येक एक कोषीय फाइबर अलग–अलग संवेदनालाई मस्तिष्कसम्म पुर्याउँने काम गर्छ । यी फाइबरको मोटाई पनि कम या बढी दुवै हुन सक्छ । यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो ।
यसमा दबाब पर्दा मस्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसञ्चार गर्न सक्दैन र दिमागसम्म उक्त अङ्गको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ ।
यही कारण त्यहाँ संवेदना महसुस हुँदैन र त्यो अङ्ग निदाउँछ । पछि उक्त अङ्गमा दबाब हट्दा पुनः रगत या अक्सिजन सञ्चार नियमित हुन्छ र अङ्ग पुनः संवेदनशील हुन्छ । यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै स्वास्थ्य समस्या त पुग्दैन । तर केही समयमा लागि झनझनाहट हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया