मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाइजेरियामा डुङ्गा पल्टिँदा ४१ को मृत्यु, १२ जनाको उद्धार

काठमाडौँ – नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुङ्गा पल्टिँदा कम्तीमा ४१ जनाको शव फेला परेको छ भने अन्य १२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।

पच्चासभन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको डुङ्गा गुम्मी नजिकैको नदीमा पल्टिएको हो । डुङ्गामा सवार यात्रु छिमेकी समुदायहरूमा आफ्नो खेतबारीमा डुङ्गाबाट दैनिक यात्रा गर्ने किसानहरू थिए ।

दुर्घटनापश्चात स्थानीय अधिकारीहरूले तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गरेका थिए । स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जाम्फारा राज्य आपत्कालीन व्यवस्थापन एजेन्सीका प्रमुख हसन दौराले घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताए ।

नाइजेरियामा प्रायः डुङ्गा दुर्घटनाहरू ओभरलोडिङ, प्रतिकूल मौसम अवस्था र परिचालन त्रुटिहरूले गर्दा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?