काठमाडौँ – डिजेको आवाजमा नाचगान गरेर रमाईलो गरेको तपाइले देख्नु भएको होला तर यो आवाज कसैका लागि घातक साबित भयो भने के भन्नुहुन्छ ? विगत धेरै वर्षदेखि डीजेको आवाजसँग जोडिएका घटनाहरु लगातार बढ्दै गएका छन् ।
यस सम्बन्धमा लगातार विवादास्पद घटनाहरु बाहिर आइरहेका छन् । फेरि पनि यस्तो डरलाग्दो घटनाले जनतालाई स्तब्ध बनाएको छ । पछिल्लो समय यस्तै घटना भारतकाे छत्तीसगढमा भएकाे थियाे , जहाँ डीजेको चर्को आवाजका कारण एक व्यक्तिको मस्तिष्कको नसा फुट्यो र उनलाई तुरुन्तै ब्रेन हेमरेज भयो । अवस्था देखेर मानिसहरूले व्यक्तिलाई अस्पतालमा भर्ना गरेका छन् जहाँ उनको अवस्था अहिले गम्भीर रहेको र उपचार भइरहेको छ समाचार एजेन्सीहरूले जनाएका छन् ।
बढी आवाज स्वास्थ्यको लागि हानिकारक
स्वास्थ्य विज्ञहरूका अनुसार अत्याधिक आवाजमा पर्दा कानमा क्षति पुग्छ र मानिसको श्रवण क्षमतामा ह्रास आउन थाल्छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले विश्वभर १२ देखि ३५ वर्ष उमेर समूहका एक अर्बभन्दा बढी युवाहरू मनोरञ्जनका लागि उच्च स्तरको आवाजको सम्पर्कमा रहेका छन्, जसका कारण उनीहरूलाई कानमा समस्या हुनसक्छ। सामान्यतया, ६५ वर्षभन्दा माथिका एक तिहाइ व्यक्तिलाई कानमा समस्या हुन्छ ।यो भन्दा बढी आवाज स्वास्थ्यको लागि हानिकारक छ
डीजे मुटु रोगीका लागि घातक हुनसक्छ
स्वास्थ्य विज्ञहरुका अनुसार डीजेले २०० देखि ५०० डेसिबलसम्मको आवाज निकाल्छ भने मानिसले ८० डेसिबल मात्रै ध्वनी सहन सक्छ । यस्तो अवस्थामा डीजेको चर्को आवाज तपाईको दिमाग र कानका लागि मात्र होइन तपाईको मुटुको लागि पनि खतरनाक हुन सक्छ। विशेष गरी रोगीको लागि, यो घातक साबित हुन सक्छ। यदि कुनै व्यक्ति लामो समयसम्म अत्याधिक आवाजको सम्पर्कमा रहेमा हृदयाघातको जोखिम बढ्छ ।
धेरै आवाजले बहिराे हुन सक्छ
कानमा अत्याधिक आवाजले श्रवण क्षमतामा असर गर्छ । विशेष गरी बच्चाहरूलाई ठूलो आवाजबाट टाढा राख्न सल्लाह दिइन्छ। वास्तवमा, अत्यधिक चर्को आवाजले मस्तिष्कमा मात्र नभई कानमा पनि गहिरो प्रभाव पार्छ र यसले तपाईंलाई बहिरापनको शिकार बनाउन सक्छ। यही कारण हो कि डीजे बालबालिका वा कुनै पनि उमेरका मानिसहरूका लागि सुरक्षित मानिँदैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया