मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मोहम्मद डे’ले मुस्लिम बस्तीमा चहलपहल बढ्यो

महोत्तरी – इस्लाम धर्म प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन मनाउन महोत्तरीका गाउँनगर बस्तीमा चहलपहल बढेको छ । ‘मोहम्मद डे’ भनिने पर्व नेपालमा भदौ ३१ गते मनाइँदैछ ।

धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको इस्लामिक पात्रो हिजरी सम्वत् परम्पराको रवि उल अव्वल महिनाको १२ तारिखका दिन जन्म भएको मानिन्छ । यसअनुसार यसपाली सो दिन भोलि सोमबारपर्ने हुँदा यहाँका मुस्लिम बस्ती पर्वको चहलपहलमा छन् । यसपालि हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाइँदैछ ।

इस्लाम परम्परामा ‘मोहम्मद डे’ महत्वपूर्ण मानिन्छ । इस्लाम ‘मुस्लिम’ धर्मावलम्बी यो पर्व साताव्यापी मनाउँछन् । महोत्तरीका मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै भिलिमिली बत्ती जडान गरिएका छन् । जिल्लाका १५ वटै ‘सबै’ स्थानीयतहमा धेरैथोरै बसोबास भए पनि जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र रामगोपालपुरका अधिकांस बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् । यी बस्तीमा ‘मोहम्मद डे’ पर्वको अहिले खास उल्लास देखिँदो छ ।

पर्वको मुख्य दिन भोलि बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव ¥यालीको आयोजना गर्दैछन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश हुने भङेगाहा–८ का वडाध्यक्ष मोहम्मद शरीफ राइन बताउछन् ।

पर्वमा एकाबिहानै नुहाएर विशेष नमाज ‘प्रार्थना’ गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह ‘ईश्वर’ को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ ।

पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम ‘करुणा’ गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्यपक्ष भएका भङगाहा–४ का बासिन्दा कुरानका अध्येता ८५ वर्षीय हाजी बिहारी अन्सारी बताउछन् ।‘मोहम्मद डे’ पर्वका लागि मधेस प्रदेश सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?