मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देशभर साढे नौ हजार जनामा डेंगीको संक्रमण

काठमाडौं– देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ । जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ६ जनाको मृृत्यु भएको छ । सेप्टेम्बरका १३ दिनमा (१ देखि १३ सम्म) मात्रै दुई हजार ६३३ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै तनहुँका एक हजार ४३५ जना संक्रमित भएका छन् । यस्तै, कास्कीका एक हजार ३१८, पर्वतका ८८०, काठमाडौंका ८७१ र चितवनका ६२८, जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?