खासमा शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ । तर कतिपय शाकाहारीले अण्डा खान्छन् । उनीहरूको तर्क हुन्छ अण्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने त्यसलाई शाकाहारी मान्नुपर्छ।
जहाँ धेरै व्यक्तिले अण्डालाई शाकाहारी खानेकुराका रूपमा मान्यता दिँदैनन् । पोथी र भालेको सम्भोगपछि उत्पादित अण्डाबाट चल्ला कोरलिन्छ । त्यही भएर जनावरको मासु नखाने शाकाहारीले अण्डा खान नहुने यो पक्षको तर्क छ । तर के हो त वास्तविकता ?
विज्ञानका अनुसार अण्डा शाकाहारी नै हो । किनभने अण्डामा बाहिरी बोक्रा, सेतो र पहेँलो गरी तीन भाग हुन्छ । सेतो भागमा प्रोटिन हुन्छ भने पहेँलो भागमा प्रोटिन, कोलेस्ट्रोल र फ्याट हुन्छ । हामीले खाने अण्डा निषेचित (फर्टिलाइज्ड) नभएको हुनाले त्यसबाट चल्ला कोरिलिने सम्भावना हुँदैन । त्यही भएर वैज्ञानिकहरूले अण्डालाई शाकाहारी पुष्टि गर्दै लामो विवाद अन्त्य गरिदिएका छन् ।
यता यदि अण्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने त्यसलाई शाकाहारी मान्नुपर्छ भन्नेहरूको तर्क पनि यसैमा केन्द्रित देखिन्छ । किनभने व्यावसायिक रूपमा उत्पादित ग्रसरीमा पाइने अण्डा अनिषेचित हुन्, तिनीहरूबाट चल्ला कोरल्न मिल्दैन । फलत त्यस्तो अण्डालाई दूध र नौनीजस्तै जनावरको उत्पादन मान्ने गरिन्छ ।
यद्यपि कुनै शाकाहारी व्यक्तिले अण्डा खायो भने उसलाई फरक नामले सम्बोधन गरिन्छ । शाकाहारीका पनि विभिन्न प्रकार रहेका छन् ।
अण्डा, माछा र मासु नखाने तर दूध मात्र खाने शाकाहारीलाई लेक्टो–भेजेटरियन भनिन्छ । मासु, माछा र दूध नखाने तर अण्डा चाहिँ खानेलाई ओभो भेजेटरियन भनिन्छ । त्यसैगरी, मासु र माछा नखाए पनि अण्डा र दूध चाहिँ खानेलाई लेक्टो–ओभो भेजेटरियन भनिन्छ । मासु, माछा, दूधजनयअण्डा, महजस्ता जनावरको कुनै पनि उत्पादन नखाने व्यक्तिलाई भेगान भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया