मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मात्र एक सेकेण्डमा विश्वमा के-के हुन सक्छ ?

हाम्रो दैनिक जीवनमा वास्तवमा एक सेकेण्ड खासै केही पनि होइन । तर विज्ञानको आँखामा एक सेकेण्ड भन्ने कुरा पनि धेरै हो । यो समय  विश्वमा धेरै कामका लागि पर्याप्त हुन्छ ।  

आज हामी विश्वमा एक सेकेण्डमा के कस्तो घटना हुन्छ र एक सेकेण्डको महत्व के छ ? भन्नेबारे तपाईँलाई जानकारी दिनेछौँ ।

– एक अध्ययनका अनुसार एक सेकेण्डमा अन्तरिक्षमा ३० सुपरनोभा विस्फोट हुन्छन् । 

– हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ । 

– एक सेकेण्डमा १४ सय व्यक्तिले यौन सम्पर्क गरिराखेका हुन्छन् । 

– एक सेकेण्डमा पृथ्वीमा ४ बच्चाहरूले जन्म लिन्छन् । 

– एक सेकेण्डमा दुई सय किलो फोहोर समुन्द्रमा बगाइन्छ । 

– संसारमा एक सेकेण्ड भित्र ९ सय २६ रुख काटिन्छन् । 

–  एक सेकेण्डमा हाम्रो शरीरका ९ सय २६ कोशिका मर्दछन् । 

– एक सेकेण्डमा ३ जना व्यक्तिको विवाह हुन्छ । 

– पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?