मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् रुद्राक्षका फाइदा 

हिन्दु धर्म संस्कृतिमा रुद्राक्षको महत्त्व विशेष रूपमा रहने गरेको छ । रुद्राक्षले मानिसमा हुने कुनै पनि हानिकारक ऊर्जाबाट बचाउने विश्वास गरिन्छ । यसको प्रयोग तपस्वीले मात्रै नगरी सांसारिक जीवनमा रहेका व्यक्तिले पनि गर्छन् । 

रुद्राक्षको माला लगाउनु धार्मिक महत्वका साथसाथै वैज्ञानिक रूपमा पनि लाभदायक हुन्छ । रुद्राक्ष लगाउनाले शरीरमा सकारात्मक प्रभाव परेको देख्न सकिन्छ ।

विद्येश्वर संहिता भगवान शिवसँग सम्बन्धित छ । यस संहितामा भगवान शिवको पूजा, उपासना तथा उनीसँग जोडिएका विषयवस्तुको महत्वबारे उल्लेख गरिएको छ । यस ग्रन्थमा भस्मदेखि रुद्राक्षसम्मको महत्वबारे बताइएको छ । 

‘रुद्र’ को अर्थ शिव तथा ‘अक्ष’ को आँखा अर्थात आत्मा हुन्छ । त्रिपुरासुरलाई जलाएर भस्म गरेपछि भोले रुद्रको हृदय दुखी हुँदा उनको आँखाबाट आँशु झर्छ । उक्त आँशु जुन स्थानमा झरेको हुन्छ, त्यहीँ रुद्राक्षको रुख उम्रन्छ । रुद्राक्षलाई हिन्दु तथा विशेष रूपमा शैवले पवित्र रूपमा लिने गर्छन् । 

शैव तथा तान्त्रिकले रुद्राक्षको माला लगाउँने तथा जप गर्ने गर्छन् । उपनिषदमा रुद्राक्षलाई भगवान शिवको आँखा भनिएको छ । यसलाई धारण गरेमा दिन–रातमा गरिने सबै पाप नष्ट हुने तथा अर्बौँ गुणा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । रुद्राक्षमा हृदय सम्बन्धी विकारलाई टाढा गर्ने अद्भुत क्षमता हुन्छ ।

 वैज्ञानिकहरूका अनुसार रुद्राक्षमा ‘इलेक्ट्रोमेग्नेटिक’ गुणहरूका कारण अद्भुत शक्ति हुन्छ । यसमा औषधीय क्षमता विद्युत् चुम्बकीय प्रभावबाट उत्पन्न हुन्छ । 

रुद्राक्षले मानिसको बौद्धिक क्षमता तथा स्मरण शक्ति राम्रो बनाउने मानिन्छ । रुद्राक्ष धारण गरेमा चिन्ता तथा तनावसँग सम्बन्धित समस्यामा कमी आउने र उत्साह ऊर्जामा वृद्धि हुनेछ । हृदयरोग, रक्तचाप तथा कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा रुद्राक्ष प्रभावशाली हुने मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?