मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डिजिटल कारोबार निःशुल्क हुँदै !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार निःशुल्क हुनसक्ने संकेत गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले यसका विषयमा छलफल गर्ने बताएका हुन् । 

हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे सुझाव आइरहेकाले त्यसको विषयमा छलफल गर्ने उनले बताएका छन् ।

‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु ।’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘तपाईँहरूका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैँ झकझक्याउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ।’

ओलीले थप लेखेका छन्, ‘आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौँ । इन्टरनेटको सहजताले होला, सानो सानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?