काठमाडौँ – पीएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले ब्रेस्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा ओसमान डेम्बेलेले २ तथा फाबियन रुइजले एक गोल गरेका थिए । त्यस्तै ब्रेस्टका लागि रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए ।
यो जितपछि पीएसजीको ४ खेलमा १२ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेस्टको भने यस सिजनमा यो तेस्रो हार हो । ४ खेलमा ३ अङ्क हासिल गरेको ब्रेस्ट लिगमा १२औँ स्थानमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया