मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी बन्द गर्ने फेसबुकको अटो प्ले फिचर ?

फेसबुकको फिड स्क्रोल गर्दा गर्दै आफैँ भिडियोहरू प्ले हुने फिचरलाई अटो प्ले अर्थात् स्वतः भिडियो प्ले हुने फिचर भनिन्छ । यस फिचरको मुख्य उद्देश्य नै प्रयोगकर्ताको ध्यानाकर्षण गर्नु हो जसबाट प्रयोगकर्ताले फेसबुकमा धेरै समय बिताउने छन् । 

फेसबुक जस्तो सामाजिक सञ्जालमा तपाईँलाई उचित हुने भिडियोहरू मात्र प्रकाशित हुन्छन् जसबाट तपाईँले नचाहेको वा तपाईँको लागि हानिकारक साबित हुनसक्ने विषयको भिडियो तपाईँले पनि देख्न सक्ने सम्भावना बढ्छ । 

हानिकारक र अनुचित विषयका भिडियोहरूबाट टाढा रहनको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । 

कसरी यो फिचरलाई बन्द गर्ने ?

ब्राउजरमा

–  पेजको दायाँतिर माथिपट्टि रहेको ड्रप डाउन मेनुमा जानुहोस्

– सेटिङ्स एन्ड प्राइभेसीमा गएर सेटिङ्स छान्नुहोस्

– बायाँपट्टि मेनुमा भिडियोको लिस्ट हेर्नुहोस्। त्यसभित्र गएर अटो प्ले बन्दा गर्नुहोस्।

आईओएसमा

–  स्क्रीनको तलपट्टि रहेको मेनु बटन थिच्नुहोस् 

– त्यहाँ सेटिङ्स एन्ड प्राइभेसीमा सेटिङ्स  छान्नुहोस्

– मिडिया एन्ड कन्ट्याक्टस नभेटिउन्जेल स्क्रोल गरिरहनुहोस्

– त्यसपछि भिडियोज एन्ड फोटोजमा क्लिक गर्नुहोस्

– त्यहाँ रहेको अटो प्लेमा गएर अफ गर्नुहोस्

एन्ड्रोइडमा

– स्क्रीनको माथि दायाँपट्टि रहेको मेनु बटन थिच्नुहोस्

– त्यहाँ सेटिङ्स एन्ड प्राइभेसीमा सेटिङ्स  छान्नुहोस्

– मिडिया एन्ड कन्ट्याक्टस नभेटिउन्जेल स्क्रोल गरिरहनुहोस्

– त्यहाँ रहेको अटो प्लेमा गएर नेभर अटो प्ले भिडियोजमा क्लिक गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?