मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागमतीसहित यी प्रदेशमा भारी वर्षाको  सम्भावना

काठमाडौँ – अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखी साधरणतया बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । 

बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भाग सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। 

आज दिउँसो  देशभर आंशिक देखि साधरणतया बदली रहने छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भागको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। 

त्यस्तै राती पनि  देशभर आंशिक देखि साधरणतया बदली रहने छ।  कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?