मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भोटेकोशीमा खसेको गाडीबाट बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक महिलाको शव भेटिएको छ ।

प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका–६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव फेला परेको हो ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार गाडीमा सवार सुन्तली तामाङको शव फेला परेको हो । उनका ससुरा धनबहादुर तामाङले शवको सनाखत गरेका हुन् । उक्त बोलेरोका चालक भने अझै फेला परेका छैनन् । सिन्धुपाल्चोकस्थित बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार क्रेनको सहयोगमा गाडी निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?