मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन

डोटी– अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा गएको पहिरोले अवरुद्ध बनेको डडेल्धुरा डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भदौ २६ गते रातिदेखि २८ गतेसम्म परेको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको राजमार्ग शनिबार साढे १ बजेदेखि एकतर्फी सञ्चालन भएको हो ।

राजमार्ग सञ्चालन भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी,अछाम र बाजुराबाट तराई जाने र आउने यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?